३० जेठ । ललितपुर गोदावरीका पत्रकार सरोज ओझा मुम्बईमा दादासाहेब फाल्के टेलिभजन अवार्ड २०२३ बाट सम्मानित भएका छन् ।
दादा साहेव फाल्के इन्डियन टेलिभिजन अवार्डको विदेशी विधा अन्तर्गत नेपालबाट बर्ष २०२३ का लागि उनी विभुषित भएका छन् । ओझा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम सचेतनाका प्रस्तोता एवम् निर्देशक हुन् ।
अवार्ड सेरोमनी फिल्मोरा मिडियाको आयोजनामा मुम्बईको हायात होटेलमा जुन ११ गते सम्पन्न भएको हो । सो अवसरमा आयोजक संस्था फिल्मोराका प्रमुख अखिलेश सिंहलाई नेपालकोतर्फबाट नेपाल र भारतको झण्डा अंकित मायाको चिनो उपहार स्वरुप प्रदान गरिएका थिए ।
तनहुँमा जन्मेका पत्रकार ओझा पछिल्लो समय गोदावरी ठैवमा स्थायी रुपमा बस्दै आएका छन् ।
प्रतिक्रिया