ललितपुर
२४ कात्तिक । दशैं तिहार र छठलगायत चाडपर्वको अवसर पारेर नेकपा एमाले महालक्ष्मी नगर कमिटीले आज शुक्रबार चियापन कार्यक्रम आयोजना गर्दैछ ।
नगर कमिटी अध्यक्ष एवं महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठका अनुसार आज दिउँसो १ बजेदेखि कार्यक्रम हुन लागेको हो ।
चियापान कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा ललितपुर जिल्ला ईञ्चार्ज शेरबहादुर तामाङ्गलाई प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, समाजसेवी, व्यवसायी, पत्रकार लगायत निम्ता गरिएको छ ।
एमाले नगर कमिटीले वृहतरुपमा यस पल्ट चियापान कार्यक्रम गर्न लागेको हो ।
२४ कार्तिक २०८०, शुक्रबार
38
Shares
प्रतिक्रिया