१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुर चापागाउँका अमर शर्मा श्रोत नखुलेको पैसा बोकेको आरोपमा पक्राउ



काठमाडौं
२८ कात्तिक । ललितपुर चापागाउँका अमर शर्मा श्रोत नखुलेको रकम बोकेर हिडेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १२ टेकु कालो पुलबाट स्रोत नखुलेको नगद ८ लाख १० हजार रुपैयाँसहित ललितपुर चापागाउँ डेरा गरी बस्ने भारत सितामणि घर भएका ३६ वर्षीय अमर शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलेको रुपैया बोकेको भन्दै पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ५ : ०० बजे