५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुर चापागाउँका अमर शर्मा श्रोत नखुलेको पैसा बोकेको आरोपमा पक्राउ



काठमाडौं
२८ कात्तिक । ललितपुर चापागाउँका अमर शर्मा श्रोत नखुलेको रकम बोकेर हिडेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १२ टेकु कालो पुलबाट स्रोत नखुलेको नगद ८ लाख १० हजार रुपैयाँसहित ललितपुर चापागाउँ डेरा गरी बस्ने भारत सितामणि घर भएका ३६ वर्षीय अमर शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलेको रुपैया बोकेको भन्दै पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ५ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।