१० मंसिर । ललितपुरको नख्खुडोल र इमाडोलमा आगलागी भएको छ ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका २ इमाडोलस्थित अनिल आचार्य र रमेश भुषालको एआर टिम्वा सिरक कारखानामा करेन्ट सर्ट भई शनिबार दिउँसो आगलागी भएको छ । आगलागीपछि कपास फिट्ने मेसिन २ थान लगायत विभिन्न कपडाहरू जलेर ७ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी ललितपुरको ललितपुर महानगरपालिका १४ नख्खुडोलस्थित काभ्रे बथानचोक गाउँपालिका ४ घर भएकी ३६ वर्षीया निर्मला तामाङको तरकारी पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ ।
गएराति आगलागीपछि पसल पूर्णरूपमा जलेर नष्ट भएको छ भने करिब २ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
१० मंसिर २०८०, आइतबार
1.2k
Shares
प्रतिक्रिया