१५ मंसिर । दक्षिण ललितपुरका ४५ सहकारीले सहकारी ऐन २०७५ को दफा ५२ को उपदफा १(झ) उलंघन गरेको कारण देखाउदै महाँकाल गाँउपालिकाले किन कारवाही नगर्ने ? भन्दै सूचना निकालेको छ ।
गाँउपालिकाले गत साउन २ गते विवरण माग गरे बमोजिम यहाँ सञ्चालित सहकारी र लघु वित्त संस्थाहरुले अटेर गरेपछि किन कारवाही नगर्ने भन्दै सुचना प्रकाशन गरेको हो ।
विवरण नबुझाउनेमा कोअपरेटिभ न्युज सूचना तथा संचार,विमिरे मौरीपालन,तीनकुने तरकारी तथा फलफूल,गौत्तम बुद्ध कृषि सहकारीलगायत छन् ।
गाँउपालिकाले महाँकाल गाँउपालिकामा दर्ता नभएकार तर क्रियाशित बित्तीय संस्थाहरुलाई समेत विवरण बुझाउन भनेको छ । गाँउपालिकाले कारोबार नै नगरी निश्क्रिय सहकारी खारेजका लागि विवतरण मागेको बुझिएको छ ।
१५ मंसिर २०८०, शुक्रबार
662
Shares
प्रतिक्रिया