ललितपुर
२ पुस । पत्रकार ईश्वर महर्जनले “ललितपुर महानगर गौरव पुरस्कार” प्राप्त गरेका छन् । ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महर्जनलाई १ लाख पुरस्कार राशीको पुरस्कार पत्रकार महर्जनलाई प्रदान गरिएको हो ।
महानगर परिसरमा आज आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले महर्जनसहित विभिन्न विधाका ब्यक्तिहरुलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।
महर्जनलाई महानगरपालिकाले गरेका असल अभ्यासलगायत विभिन्न गतिविधिलाई प्रशारण र सूचना सम्प्रेषण गरिएकोमा पुरस्कृत गरिएको हो ।
प्रतिक्रिया