१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


नाटक ‘पगला घोडा’मा अभिनेत्री मलिकाको दमदार अभिनय



ललितखबर
१३ पुस । कलिलो उमेरमै चलचित्रको पर्दामा उदाएकी नायिका मलिका महत रंगमञ्चमा अभिनय गरिरहेको खबर सुन्ने धेरै दर्शकलाई लाग्न सक्छ, नाटकमा मलिकालाई सामान्य पात्रको रुपमा हेर्न पाइएला ।


स्कूल कलेजमा नाटक गरेर हुर्केकी मलिका अन्नतः मनोरञ्जनको क्षेत्रमा केही समय विताएपछि रंगमञ्चतर्फ आफ्नो पाइला अघि बढाएकी छिन् । थुप्रै कलाकारहरुको रजतपटमा बोलवाला हुन थालेपछि नाटक मञ्चन यात्राको लागि उपयोगी देखेर नै मलिकाको बाटो मोडिएको जो कोहीले अनुमान लगाउन सक्छ ।
राजधानीको मण्डला थियटरमा मञ्चन सुरु भएको नाटक ‘पगला घोडा’मा अभिनेत्री मलिकाको सशक्त अभिनय हेर्न सकिन्छ ।


मलिकाले नाटकमा सबै पात्रहरुको चरित्र रंगमञ्चमा उतार्ने भरपुर प्रयास गरेकी छिन् । चार पात्रको अभिनय एउटै मञ्चमा केही मिनेटको फरकमा जिवन्त ढंगबाट प्रस्तुती दिनु थोरै चुनौती थिएन । जुन मलिकाले आफ्नो पुरा क्षमता लगाएर अभिनय गरेकी छिन् ।
उनी धनी युवती, नोकरानी, मृत आत्मा जस्ता पात्रको अभिनय मलिकाले निभाएकी छिन् ।


रंगमञ्मा कलाकारहरु प्रमोद अग्रहरी,विम्ब अधिकारी, आशान्त शर्मा,विजय ताम्रकारसँग मलिका रंगमञ्चमा जमेकी छिन् ।
मसानघाटमा चार पात्र रक्सीसँगै रमाइरहेको नाटकमा मलिकालाई फ्यासव्याकसँगै मृतआत्माको रुपमा प्रस्तुत गरिएको छ ।

नाटकमा कुकुरको प्रसंग मसानघाटमा जल्दै गरेकी युवतीका रोचक दृश्यले दर्शकको मन तरंगीत बनाउछ ।


नाटकमा अभिनेत्री मलिकालाई चारै पात्रमा उतारेर निर्देशक घनश्याम श्रेष्ठले गल्ती गरेको अनुभव हुन्छ। नाटक हेर्दैं जाँदा अभिनेत्री मलिका एउटै पात्र फरक फरक भूमिकामा रंगमञ्चमा उत्रदा धेरै दुविधा उत्पन्न हुन्छ । उनको छिटो बोल्ने बानी,उस्तै अनुहारले दर्शकलाई फरक पात्रको रुपमा बुझ्न कठीन हुन्छ ।
बाँचे संसार देखिन्छ अनि आत्महत्या नै अन्तिम विकल्प होइन भन्ने सन्देस दिने नाटक पगला घोडा दुखान्तको दृश्यले दर्शकको आँखा रसाउछ ।


पुरुषको बोलवाला रहेको नेपाली समाजमा पिल्सिएका महिलाहरुको कारुण कथा नाटकमा उतारिएको छ । नाटकका अनुवादक शिव खाड ठकुरीले रञ्गमञ्चमा देखिने पात्र, बोलिने संवाद भेषभुसालगायतमा नेपालीकरण गर्ने भरपुर कोसिस गरेका छन् ।
भारतका विख्यात नाटककार विदल सरकारले लेखेका यस नाटक संसारभर धेरै ठाँउमा अनुबाद गरेर मञ्चन गरिएको छ ।

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : ३४ बजे