२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउको बन क्षेत्रमा ‘अबैध’ रुपमा निर्माण गरिएको रंगशालामा खेल प्रतियोगिता, पुर्वप्रधानमन्त्री देउवाद्वारा उद्घाटन



गोदावरी (ललितपुर)
१५ वैशाख । सरकारको स्विकृती नलिई बन क्षेत्र कव्जामा गरेर निर्माण गरिएको ‘अबैध’ झ्यालुण्टार बहुउद्देश्यीय रङ्गशालामा गोदावरी नगरपालिकाले आजदेखि प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको सुरु गरेको छ ।
नेपाल सरकारको कानूनी प्रकृया पुरा नगरि बन क्षेत्रमा नगरपालिकाले सो रंगशाला निर्माण गरेको हो ।
नेपालको संविधान २०७२ अनुसार वन क्षेत्र संघीय सरकारको अधिकार क्षेत्र(अधिन) पर्ने हुँदा मन्त्रीपरिषदबाट पारित गरेर मात्रै स्थानीय तहले सरकारी जग्गा जमिन र बन क्षेत्र प्रयोग गर्न पाउछ ।
यसै अबैध रंगशालामा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएर प्रतियोगिताको शुभारम्भ गरेका छन् ।कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले स्थानीय निकायको भोगाधिकारमा नआई जर्वजस्ती निर्माण गरेको खेलमैदानका लागि बजेट विनियोजन पहल गर्न पुर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे ।
गत २०८० वैशाख १४ गते गोदावरी सरोकार नागरिक समूहले झ्यालुण्टार सामुदायिक वन क्षेत्रमा केन्द्र सरकारको अनुमती विना रंगशाला निर्माण गरेको भन्दै उजुरी दिएको थियो । सामुदायिक वन केन्द्र सरकारको अधिन रहेको अवस्थामा मन्त्रीपरिषदबाट स्थानीय निकाय गोदावरी नगरपालिकामा जग्गा प्राप्तीपछि मात्रै वन क्षेत्रमा विकाश निर्माणको काम गर्नु पर्नेमा नगरपालिकाका मेयर गजेन्द्र महर्जनको एकलौटी निर्णयबाट बन क्षेत्रमा ढुंगा निकालेर रंगशाला निर्माण गरेको भन्दै समूहले उजुरी दिएको थियो ।
उजुरीपछि अहिले सो ठाँउका सम्बन्धमा अख्तियारले अनुसन्धान गरिरहेको अवस्थामा नगरपालिकाले निर्माण अघि बढाई जर्वजस्ती खेलकुद प्रतियोगिता संचालन नै गर्न लागेको हो ।
विकास निर्माणका काम गर्न आईईई गरेर मात्रै सुरु गर्नु पर्ने प्रावधानलाई समेत नगरपालिकाले पुरा नगरेको बताइएको छ ।
उजुरीपछि हाल अख्तियारले सो रंगशालाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
केही दशकअघि पूर्णलाल नाम गरेका व्यावसायीले झ्यालुण्टारस्थित वन क्षेत्रमा ढुंगा खानी सञ्चालन गरेका थिए । स्थानीय बासिन्दाले बन मासिएको पर्यावरणमा असर परेको भन्दै आन्दोलन गरेपछि सो खानी बन्द भएको थियो । बन्द गरिएको खानीको सामुदायिक बनको ढुंगा उत्खनन गरेर बिक्रि गरेको भन्दै गोदावरी नागरिक सरोकार समूहले उजुरी हालेको हो ।
विगत ४ बर्षदेखि यस ठाँउमा रंगशाला निर्माण गर्ने भन्दै ढुंगा उत्खनन गरेर बिक्रि गरेको सरोकार समूहको आरोप थियो ।
बन्द खानीबाट रंगशाला निर्माण गर्ने भन्दै हजारौं थाती रहेकों टिप ढुंगा बिक्रि गरिएको स्थानीयहरु बताउछन् ।
‘ढुंगा खानीलाई रंगशालाको योजना अगाडि सारे पनि योजना देखाएर रंगशाला बनाउनुको सट्टा अवैध ढंगाले ढुंगा उत्खनन गर्दै राज्य स्रोतको दोहन गरेको’ भन्दै कारबाहीको माग राखिएको उजुरीमा उल्लेख गरिएको थियो ।
अख्तियार अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको रंगशाला मर्मत गरेर खेलकुद प्रतियोगिता सञ्चालन हुन लागेको सन्दर्भमा नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता मिलन सिलवालले अनुसन्धान भइरहे पनि खेलकुद प्रतियोगिता आयोजना गर्न कुनै बाधा नपर्ने दाबी गरे । उनले केन्द्र सरकारको अनुमती नपाएको पुष्टी गर्दै भोगाधिकार नगरपालिकामा ल्याउने प्रकृया अघि बढाइएको स्वीकार गरे ।
नगरपालिकाका मेयर गजेन्द्र महर्जनले रंगशाला निमार्णका क्रममा ढुंगा बिक्री नगरिएको जिकिर गरे । यद्यपी गत दुईबर्षदेखि रंगशाला निर्माण क्षेत्रको ढुंगा बिक्रि गरेर भ्याटबील समेत नेपाल सरकारलाई बुझाइएको थियो । मेयर महर्जनले नगरपालिका संलग्न रहेर ढुंगा बिक्रि नगरेको पत्रकार सम्मेलनमा बताएका थिए ।

आजदेखि सुरु प्रतियागिता वैशाख २९ गतेसम्म चल्नेछ ।
प्रतियोगिताका विजेता र उपविजेता टोलीले क्रमशः रु पाँच लाख, रु तीन लाखसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै सार्वधिक गोलकर्तालाई रु २५ हजार, अनुशासित टोलीलाई रु ५० हजार, ‘प्लेयर अफ दी म्याच’लाई रु रु ५० हजारका साथै उत्कृष्ट खेलाडी, किपर, डिफेन्स, फरवार्ड र प्रशिक्षकलाई रु २५ नगद पुरस्कार प्रदान गरिने गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिएका छन् ।
प्रतियोगितामा काठमाडौँको नौ स्थानीय तहका नौ, ललितपुरको चार स्थानीय तहका पाँच र भक्तपुरको एक स्थानीय तहबाट एक टोलीको सहभागिता छ ।
विकास निर्माणका लागि वनको कडा कानून रहेपनि नगरपालिकाले वेवास्ता गर्दै जर्वजस्ती रंगशाला अस्थायी रुपमा निर्माण गरेर प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
रंगशालामा घाँसे मैदान निर्माण गरिएको छैन । प्याराफिटलगायतको संंरचना पनि बनाइएको भने छैन ।

केही दिनअघि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सो रंगशाला नगरपालिकाको अधिनमा रहने गरि निर्माण गरिने बताएका थिए । उनले यो रंगशाला कुनै पनि क्लवको अधिनमा नदिने उनको भनाई थियो ।

यो पनि पढ्नुस्

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनविरुद्ध अख्तियारमा उजुरी

 

 

ढुंगाको पहरोमा सुन्दर रंगशाला बन्ने

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ४ : ३० बजे