५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


दक्षिण ललितपुरका केही युवाहरु एमालेमा प्रवेश



२१ माघ । दक्षिण ललितपुरका केही युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
महाँकाल गाउपालिका २ मानिखेलका उर्जाशिल युवाहरु राजकुमार स्याङ्गतान,आशिष स्याङ्गतान,बिक्रम सिङ्गार  नेकपा एमालेमा प्रवेश गरेका हुन्। उनीहरु नेकपा माओवादी र रास्वपा पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका छन्।
निर्वाचनको बेला विभिन्न पार्टी प्रवेश गर्नेहरुको लहर लाग्ने भए पनि निर्वाचन आउन चार बर्ष अघिदेखि नै युवाहरु पार्टी प्रवेश गर्न सुरु गरेको महाकाल गाँउपालिका पार्टी कमिटी अध्यक्ष पुरुषोत्तम हुमागाईले ललितखबरसँग बताए ।
पार्टीले केही समयअघि देशको पश्चिम क्षेत्र झुलाघाटबाट पुर्वको चिवाभञ्ज्याङसम्म मध्यपहाडी पुष्पलाल राजमार्ग केन्द्रित पार्टी पुर्नजागरण अभियान सुरु गरेको थियो । आगामी २०८४ सालमा हुने आम निर्वाचनमा बहुमत ल्याउन अहिलेदेखि नै एमालेले ‘मिसन ८४’ अभियान सुरु गरिसकेको छ ।

 

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।