१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


इमाडोलको काठ गोदाममा आगलागी, लाखौंको काठ जलेर नष्ट



१० फागुन । ललितपुर इमाडोलस्थित एक काठ गोदावममा आगलागी पछि लाखौंको काठ जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ४ इमाडोल टेम्पो पार्क नजिक रहेको बिकाश श्रेष्ठको काठ गोदाम र फर्निचरमा गएराति आगलागी भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । लाखौंको क्षति भएको र क्षतिको यतार्थ विवरण हालसम्म प्रहरीले खुलाएको छैन ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ३ : २० बजे