२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


दक्षिण ललितपुर शंखुको तस्विर खिचेर पुर्वप्रधानमन्त्री केपी ओलिले गरे फेसबुकमा शेयर



ललितखबर
१८ फागुन । पुर्वप्रधानमन्त्री केपी शर्मा ओलिले दक्षिण ललितपुरको शंखुको तस्विर खिचेर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
चितवनको भरतपुरबाट सिधै दक्षिण ललितपुरको कोञ्ज्योसोम ५ शंखु पुगेका ओलिले हेलिकप्टरबाट शंखुको तस्विर खिचेका हुन् ।
आज उनले मगरगाँउ माध्यामिक विद्यालय ५० बर्ष पुगेको अवसरमा आयोजित स्वर्ण महोत्सवको उद्घाटन गरेका थिए । उनले शेयर गरेको तस्विरमा विद्यालय परिसरमा भीड देखिन्छ भने गाँउपाखा पानी नपर्दा उजाड देखिन्छ ।
ओलिले सामाजिक सञ्जालमा आफूले खिचेको तस्विर शेयर गर्दै लेखेका छन्, ‘मैले खिचेको फोटो कस्तो लाग्यो ।’

कार्यक्रममा उनी डम्फु बजाएर नाचेका थिए भने जीवन संगीनी राधिका शाक्यलाई गुराँसको फूल दिएर रोमान्टिक माहोल श्रृजना गरेका थिए ।
पुर्वप्रधानमन्त्री ओलिले विद्यालयका विद्यार्थी शिक्षक अभिभावकसँग भेट्ने आवसर मिलेको बताएका छन् ।
महोत्सव आइतबारसम्म चल्नेछ ।

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ३ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।