१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


लुभूबाट सरकारी छाप दस्तखत कीर्ते गर्ने युवक पक्राउ



काठमाडौं
१० असार । सरकारी छाप दस्तखत कीर्ते गर्ने युवक ललितपुरको लुभूबाट एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू चसिडोल बस्ने ३७ वर्षीय विकास राउतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट २०६६ पुस २६ गते उक्त मुद्दामा ५ महिना १५ दिन कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर लुभू चसिडोलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  २ : ०१ बजे