चापागाँउ
मंसिर २८ गते पत्रकार महासंघको निर्वाचन हुँदैछ । केन्द्र, प्रदेश,एशोसियट र जिल्ला तहमा नेतृत्व छनौटका लागि हुने निर्वाचन हुन लागेको हो ।
आसन्न निर्वाचनको क्रममा ललितपुरमा प्रेस चौतारी नेपाल, प्रेस युनियन,समाजवादी प्रेस संगठन,प्रेस सेन्टर र प्रेस मञ्चलगायतका संगठनहरुबीच महागठबन्धन भएको छ ।
गठबन्धनका तर्फबाट अध्यक्ष पदमा रमेशप्रसाद तिमल्सिना, उपाध्यक्षमा पुरुषोत्तम बस्नेत र रमा तुलाधर, सचिवमा दिपकप्रसाद घिमिरे सह सचिवमा अम्बर परियार र कोषाध्यक्षमा अर्चना झाले उम्मेदवारी दर्ता गराएका छन् ।
महासंघको सदस्यहरुमा सुमित नेपाली, प्रकाश थिङ,गंगाबहादुर लामा, लक्ष्मण दुलाल, शनिराज शाक्य, सुरेश तामाङ, इश्वरराज ढकाल, गणेश बहादुर आचार्य, डिल्ली आचार्य, बालमुकुन्द आचार्य, राजु बस्नेत, लोकराज अवस्थीले उम्मेदवारी दर्ता गराएका छन् ।
महासंघको निर्वाचनका लागि प्रेस सेन्टरबाट रामहरी कार्कीको नेतृत्वमा अर्को प्यानलले समेत उम्मेदवारी दर्ता गरेको निर्वाचन कमिटीले जानकारी दिएको छ ।
२७ मंसिर २०८१, बिहिबार
30
Shares








प्रतिक्रिया