१८ वटा हत्या प्रयास भएको छ भने द्दरेलु हिंसा २सय ३ वटा, ५६ वटा बलत्कार,बलत्कारको प्रयास २ वटा, बहुसववाह ११ वटा,वालयौन दुव्र्यावहार ७ वटा, यौन दुव्र्यावहार १ वटा, दाइजो १ वटा, वालविवाहसम्बन्धि कसुर १ वटा, साइवर अपराध १ वटा भएको तथ्य सार्वजनिक
ललितखबर
८ पुस । ललितपुरमा एक बर्ष अवधिमा ७ जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १८ वटा हत्या प्रयास भएको छ भने द्दरेलु हिंसा २सय ३ वटा, ५६ वटा बलत्कार,बलत्कारको प्रयास २ वटा, बहुसववाह ११ वटा,वालयौन दुव्र्यावहार ७ वटा, यौन दुव्र्यावहार १ वटा, दाइजो १ वटा, वालविवाहसम्बन्धि कसुर १ वटा, साइवर अपराध १ वटा भएको तथ्य सार्वजनिक गरेको छ ।
इन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक सार्वजनिकको सन्दर्भमा आयोजना गरेको पुर्वसमिक्षाका क्रममा जिल्लाभर ३ सय १२ वटा अपराधको घटना फेला परेको हो । इन्सेकका जिल्ला संयोजक दिपक प्रसाद घिमिरेले सबै ठाँउबाट संकलन भएर आएका तथ्याङ्कको आधारमा अपराधका घटना पहिचान गरिएको बताएका छन् । भने, यो नै तथ्यपूर्ण र आधिकारिक तथ्याङ्क हो । गएको डिसेम्बर १ बाट २२ सम्मको घटना समावेश गरिएको उनको भनाई छ ।
प्रतिक्रिया