२१ पुस २०८१, आइतबार | Sun Jan 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरी नगरको ठैब सडक : बर्षैदेखि कन्तविजोक



नाम मात्रै नगरपालिका हो पुर्वाधार नै बनाइएको छैन । सरकारको कर असुल्न नगरपालिका बनाइएको हो

 

ललितखबर/चापागाँउ
२०७२ साल नेपाल सरकारले बज्रवाराही र गोदावरी नगरपालिका घोषणा ग¥यो । साना साना १२ वटा गाँउ विकास समिती समेटेर बनाइएको यी दुई नगरपालिकामा नगरपालिका बन्न न्युनतम पुर्वाधार बनेकै थिएनन् ।
नयाँ संविधान निर्माणसँगै देशभर गाविस खारेज भए । ललितपुरको दक्षिणी भेगमा रहेका यी दुई नगरपालिका गाभिएर गोदावरी नगरपालिका बन्यो ।
नगरपालिका बनेको लामो समय विते पनि यहाँका भित्री सडकको अवस्था नाजुक छ । नगरपालिकाले भित्री सडक कालोपत्र गर्नेतर्फ कुनै चासो देखाएको पाइदैन । ठाँउ ठाँउमा उपभोक्ता समिती बनाएर नगरपालिकाको बजेटबाट ढलान गरिएको पाइन्छ । तर सबै सडकमा पार्टी निकट कार्यकर्ता समेटेर बनाइएको उपभोक्ताले लाभ लिइरहेको आरोप लाग्ने गरेको छ ।
गोदावरीको वडा नम्बर १४ अवस्थित ठैव सानागाँउ सडक बर्षैदेखि धुलाम्मे र हिलाम्मे छ । यहाँ घाम लाग्दा धुलो उडेर बस्न सकिन्न । बर्षामा हिलोले रोपाई गर्ने खेतजस्तै बन्छ ।

 

बर्षाको हिलोमा धेरै मोटरसाइकल लड्छन् । विद्यालय जाने बच्चालाई सधै सास्ती छ

लामो समयसम्म पनि सडक कालोपत्र नबनेपछि स्थानीय बासिन्दा आक्रोसित छन् । जनप्रतिनिधिहरुको आश्वासन सुनेर वाक्क दिक्क स्थानीयबासीले निर्वाभनमा भोट माग्न आउदा गाली गर्दा समेत सडक नबनेको बताउछन् ।
स्थानीय सडक विभागले ठेक्का लगाएर काम गरिरहेको सडक गोदावरी र चापागाँउमा फोटो खिचाउदै अनुगमन गरेको नाटक गर्ने मेयर गजेन्द्र महर्जनले भित्री सडक मर्मत गर्न लामो समयसम्म चासो नदेखाएको भन्दै एक स्थानीयले नाम नबताउने शर्तमा आक्रोस पोखे ।
स्थानीय विरुचन्द्र थापाले मेयर गजेन्द्र महर्जन मेयर पदको लागि भोट माग्न आउँदा सडक हिलाम्मे राखेर भोट माग्न लाज लाग्नुपर्ने भन्दै सम्झाएर पठाएको बताउछन् ।


स्थानीय बासिन्दाले सडक अगाडि बाटोका लागि जग्गा छोड्न नमान्दा समेत सडक कालोपत्र गर्न बाधा पुगेको बुझिन्छ । नगरपालिकाले स्थानीय बासीन्दालाई मनाउने र सम्झाउन समेत काम गरेको छैन ।

 

सडकको कारण व्यापार घटेको छ । चाँडै बनाइदिए व्यावसाय फस्टाउँछ कि भन्ने आश छ

२०५२ सालतिर सडक निर्माण भए पनि यहाँको केही भाग आजसम्म पनि कालोपत्र नगरिएको थापा सुनाउछन् । भन्छन्, ‘।’ सडकलाई नेताहरुले कमाई खाने भाँडो बनाएको भन्दै उनले आक्रोस पोखे ।
न्गरपालिकामा मयर गजेन्द्र महर्जनले दोश्रो कार्यकालसम्म पनि पर्याप्त पुर्वाधार निर्माण नगरेको उनको भनाई छ ।
ठैव सडक किनारामा किराना पसल राखेर बसेकी सिता लामा पसलमा बस्दा धुलोले सताउने बताउछिन् । ‘बर्षाको हिलोमा धेरै मोटरसाइकल लड्छन् । विद्यालय जाने बच्चालाई सधै सास्ती छ ।’ उनी भन्छिन् ।
स्थानीय कृष्ण श्रेष्ठ पनि भत्केको सडक नजिक पसल राखेर बसेका छन् । जीर्ण सडक भएकै कारण धेरै मानिस यो सडक प्रयोग नगर्ने श्रेष्ठ बताउछन् । भन्छन्, सडकको कारण व्यापार घटेको छ । चाँडै बनाइदिए व्यावसाय फस्टाउँछ कि भन्ने आश छ । उनी भन्छन् ।
बर्षाको बेला सडकमै खोलो बग्ने हुँदा पसलमा बस्न मुस्किल पर्ने उनको अनुभव छ । भन्छन्, ‘ढल पनि बिग्रियो । सडक पनि बन्दैन । नेताहरु भोट मात्रै माग्न आउँछन् । हाम्रो दुः ख कसैले बुझ्दैन ।’

 

ठूलो बजेट र योजना माथिबाट हुन्छ । हामीले त पहल पर्ने मात्रै हो

 

नगरपालिकाभित्र ८ मिटरभन्दा फराकिलो सडक सडक विभागले मर्मत गर्ने गर्दछ भने साधुरा सडक नगरपालिकाको अधिनमा हुन्छ । यी सडकको मर्मत र निर्माणको काम नगरपालिकाको हो ।

गोदावरी १४ ठैव क्षेत्रको प्रतिनिधित्व गर्ने वडाध्यक्ष निरोज बज्राचार्य यो सडकका कारण आफूहरुले स्थानीय जनताको धेरै गाली खाएको स्वीकार गर्छन् ।

उनी सडकको कालोपत्र गर्ने क्षमता वडाले नराख्ने तर्क गर्छन् । ‘ठूलो बजेट र योजना माथिबाट हुन्छ । हामीले त पहल पर्ने मात्रै हो ।’ उनी भन्छन् ।
यो सडकको कालोपत्रको प्रकृया अघि बढेको उनले बताए । भने, ‘हरिसिद्धि नजिक रहेको  सडकको ठेक्का लागेको छ । माथिल्लो भाग नगरपालिकाले आफै गर्दैछ । फागुन चैत्रसम्म कालोपत्र हुन्छ’ उनले भने ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १ : ५७ बजे