३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरमा पत्रकारको निर्वाचन गराएको भन्दै ज्याकेट ‘उपहार’



चापागाँउ
पत्रकार महासंघ ललितपुरको निर्वाचन सफल बनाएको भन्दै आज निर्वाचन समितीका सदस्यहरुलाई ज्याकेट उपहार दिइएको छ ।
ललितपुरमा आयोजित महासंघ जिल्ला शाखाको पद हस्तान्तरण कार्यक्रममा महासंघको निर्वाचन समितीलाई टोकन अफ लभको रुपमा सो उपहार दिइएको हो ।
जिल्ला संघका नवनिर्वाचित अध्यक्ष रामहरि कार्कीले लाई ज्याकेट उपहार दिएका थिए । ज्याकेट उपहार पाएपछि निर्वाचन समितीका संयोजक सुरेन्द्र चालिसे, सदस्यहरु अधिवक्ता विराज थापा,सविन शर्मा र प्रभुनारायण बस्नेत खुशी हुँदै लिएको हाँसोबाट प्रस्ट देखिन्थ्यो ।
ज्याकेट उपहार दिने क्रममा ‘काम लाग्ने उपहार दिइएको’ भन्दै सहभागी खासखुस गरेको सुनिन्थ्यो । कतिपयले ‘निर्वाचनकै बेलामा दिएको भए उपयोगी हुने र अब जाडो समाप्त हुनै लाग्दा ज्याकेटको औचित्य सकिएको ’टिप्पणी गरिरहेका थिए ।

 

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।