३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


नेकपा ललितपुरको उद्योग वाणिज्य महांसघको नेतृत्व मोहन सिवाकोटीलाई



ललितपुर
नेकपा ललितपुरको उद्योग वाणिज्य महांसघको नेतृत्व मोहन सिवाकोटीले गर्ने भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी ललितपुरको उद्योग वाणिज्य महांसघ ललितपुर जिल्ला भेलाले १५ जनाको कमिटी निर्वाचित गरेको हो ।
महासंघ ललितपुरको अध्यक्षमा मोहन सिवाकोटी , उपाध्यक्षमा उद्वव राय, सचिवमा सुमन घिसिङ , सह सचिव मिना कार्की कोषाध्यक्षमा बच्चु तिमल्सिना , सदस्यमा मोहन फुँयाल, दिलिप सिवाकोटी , रोशन घोरासैनी, गोमा श्रेष्ठ , निशा के सी , तारा लामा, विवेक खड्का रहेका छन ।
कमिटीको ३ सदस्य पछि मनोनीत हुने बताइएको छ ।
आज ललितपुरको लगनखेल सम्पन्न भेलामा नेकपा जिल्ला कार्यालय सदस्य मोहन सी, केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज विपिन सी, ललित सी, नेकपा बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटेरी रत्न सी, बैकल्पिक केन्द्रीय सदस्य तथा गोदावरी नगरपालिका इन्चार्ज बज्र सी, केन्द्रीय प्रतिनिधि सदस्य तथा ललितपुर महानगर पलिका इन्चार्ज अमृत सी, ललितपुर जिल्ला कार्यालय सदस्य तथा महालक्ष्मी नगरपालिका इन्चार्ज कुलमान सी, जिल्ला कार्यालय सदस्य तथा महांकाल गाउपालिका इन्चार्ज अष्ट सी, सचिवालय सदस्य तथा ललितपुर महानगर सेक्रेटरी पवित्रा सी, सचिवालय सदस्य तथा अखिल क्रान्तिकारी महिला संघ संयोजक मख्खन सी, जिल्ला सदस्य बच्चु सी, जिल्ला सदस्य लालमान सीलगायतको सहभागिता थियोे ।

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १२ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।