१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको सदर चिडीयाखानामा अब भाले गैंडा



चितवन
चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैंडा (माइला)लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ ।
वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयानुसार २३ महिनाको सो गैंडालाई बुधबार साँझ ललितपुर पठाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बच्चा गैंडालाई चिडियाखाना पठाइएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको माइलालाई यहाँ ल्याएर हुर्काइएको थियो । मन्त्रालयको निर्णयानुसार अर्को पोथी गैंडा पनि लैजाने तयारी गरिएको छ । भने, “करिब ३० महिनाको पोथी गैंडा ९पुजा०लाई पनि लैजाने तयारी गरीएको छ ।”
बुधबार नै पठाउने तयारी गरिएको भए पनि पुजा खोरमा जान नमानेपछि केही दिनपछि पठाउने तयारी गरिएको उनले बताएका छन् । सदर चिडियाखानामा गैंडा हेर्न आउने पर्यटकलाई देखाउनका लागि गैंडाका बच्चा लगिएको हो । हुर्काइएका गैंडा लैजाँदा मानविय क्षति कम हुने भएकाले यस्ता गैंडा लगिने गरेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, बिहिबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।