३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


धापाखेल सडकमा ट्याङ्करको ठक्करपछि युवकको निधन



 

ललितपुर
धापाखेल सडकमा ट्याङ्करको ठक्करपछि युवकको निधन भएको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका १५ धापाखेल मोडस्थित सडकमा बाग्मती प्रदेश ०१/००६ ख ५५९४ नम्बरको ट्याङ्करले प्रदेश २–०२–००१ प २६९९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर

दिएको थियो ।

ठक्करपछि मोटरसाइकलमा सवार गोदावरी नगरपालिका १ गोदामचौर बस्ने खोटाङ घर भएका २२ वर्षीय अविशन राईको निधन भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मोटरसाइकल र ट्याङ्करका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ११ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।