११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको बंगलामुखीमा एकाविहानै १२ लाख रुपैयाँको सरसामान चोरी



 

ललितपुर
ललितपुरको बंगलामुखीमा एकैविहानै चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका ११ बंगलामुखी श्री गल्ली डेरा गरी बस्ने पुनम श्रेष्ठको कोठाबाट अज्ञात व्यक्तिहरुले १२ लाख रुपैयाँको सरसामान चोरी गरेर लगेका हुन् ।

उनको कोठाबाट सुनका गरगहना र नगद समेत गरी करिब ११ लाख ८६ हजार रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी गरेका थिए ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा
आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
पाटन क्षेत्रमा पटक पटक चोरी भइरहेको भए पनि प्रहरीले संलग्नहरुको खोजी गरेर चोरीका सरसामान सम्बन्धित व्यक्तिहरुलाई फिर्ता नगर्न नसकेको भन्दै पाटनबासीले प्रहरी समक्ष गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।