ललितपुर
ललितपुर भैसेपाटी छ्यासीकोटस्थित बेगम बेली रेष्टुरेन्टमा आगलागी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २५ छ्यासीकोटस्थित जिवन चंडेलको बेगम बेली रेष्टुरेन्टको कटेजमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी भएको हो ।
आगलागीबाट भएको क्षतिको विवरण हालसम्म प्रहरीले खुलाएकोे छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिएको छ । आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया