
चापागाँयउ
गोदावरी नगरका कर्मचारी र जनप्रतिनिधिद्वारा जेनजी प्रर्दशनमा जलाइएका भवन पुर्ननिर्माणका लागि ५१ लाख चौवालिस हजार नौ सय चौहत्तर रुपैयाँ योगदान गरेको छ ।
नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको ५ दिनको पारिश्रमिक नगरभित्रको प्रहरी भवनहरु, वडा कार्यालयहरु, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र र कृष्ण प्रसाद भट्टराई आश्रम पुर्ननिर्माणका लागि नगर विपत व्यवस्थापन कोषमा जम्मा गरेको हो ।
नगरपालिकाले पालिकाभित्रका व्यक्ति, संघ संस्था गैरसरकारी संस्था र नीजि क्षेत्रलाई सहयोग गर्न आह्वान गरेको छ ।








प्रतिक्रिया