दक्षिण ललितपुरको चौघरेस्थित एक टहरोमा आगलागी भएको छ ।
ललितपुर प्रहरीका अनुसार दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका १ चौघरेस्थित राजु नेपालीको टहरोमा शनिबार राति आगलागी भएको हो । आगलागीपछि करिब ४ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको भनाई छ ।
प्रहरीले स्थानीय बासिन्दो सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो भने सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया