२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


चिरीवावुलगायत केही जनप्रतिनिधिद्वारा सभापतिलाई राजिनामा नदिन आग्रह



ललितखबर
निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिने मनस्थिती बनाएकोचर्चाबीच ललितपुरका केही जनप्रतिनिधिहरुले राजीनामा नदिन आग्रह गर्दै विज्ञप्ती जारी गरेका छन् ।
ललितपुर महानगरका मेयर चिरीवावु महर्जन,महाँकाल गाउपालिकाका अध्यक्ष गणेश केसी, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, वागमती गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चन,जिल्ला समन्वय समितीका अध्यक्ष ऋषिदेव फुँयाल,गोदावरी नगरकी उपमेयर मुना अधिकारी,कोञ्ज्योसोमका उपाध्यक्ष राजन घिमिरे,महालक्ष्मी नगरकी उपमेयर लक्ष्मी महर्जनलेविज्ञप्ती जारी गर्दै सभापति थापाको निरन्तर खाँचो औल्याएका छन् । राष्ट्रियता, लोकतन्त्रको संरक्षण, राष्ट्रिय तथा अन्तराष्ट्रिय अवस्थाका कारण राजीनामा दिन नहुने तर्क गर्दै विज्ञप्ती जारी गरेका हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १२ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।