२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


बुखेलका सञ्जेलको पहिरोमा परेर दुखद निधन




चापागाँउ

दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका १ बुखेलका ६० वर्षका याङ्क प्रसाद सञ्जेलको घाँस काट्न जाँदा पहिरोसँगै आएको ढुङ्गाले लागेर दुखद निधन भएको छ । टुंगुन प्रहरी चौकी गोटिखेलका अनुसार बुधबार विहान उनी धाँस काट्ने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेपछि घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ७ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।