चापागाँउ
दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका १ बुखेलका ६० वर्षका याङ्क प्रसाद सञ्जेलको घाँस काट्न जाँदा पहिरोसँगै आएको ढुङ्गाले लागेर दुखद निधन भएको छ । टुंगुन प्रहरी चौकी गोटिखेलका अनुसार बुधबार विहान उनी धाँस काट्ने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेपछि घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया