३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कर्माचार्य उम्मेदवारी घोषणा




ललितखबर

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा वर्तमान महासचिव भूमि नन्दन कर्माचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणापछि उनले भने “महासचिव पदमा रहेर काम गर्दा मैले संघलाई अझ नजिकबाट चिन्ने बुझ्ने मौका पाएको छु, सदस्यको समस्या बुझेको छु। अब अध्यक्षको कुर्सीबाट त्यो समस्या समाधान गर्न चाहन्छु”

संघको आगामी आश्विन २३ र २४ गते हुने ४७औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयनका गर्ने कार्यतालिका रहेको छ । २०७० सालदेखि संघको कार्यसमितिमा आबद्ध कर्माचार्य पाटन सौगल स्थित बि। जि। ट्रेडिङ सेन्टरका सञ्चालक हुन् । उनले ३ पटक कार्यसमिति सदस्य, सामाजिक सेवा समितिको संयोजक, कोषाध्यक्ष हुँदै हाल महासचिवको पदीय दायित्व निर्वाह गर्दै आइरहेका छन् । उनले हालसम्म ५ कार्यकाल संघमा विभिन्न जिम्मेवारी सम्हाली सकेका छन् । कर्माचार्य खाद्य व्यापार संघ ललितपुरका उपाध्यक्ष, नेपाल मुद्रा संकलक संघका उपाध्यक्ष, नेपाल फिलाटेलिक सोसाइटीका पूर्वसचिव तथा अनवरत रक्तदान नेपालका संस्थापक कोषाध्यक्षसमेत हुन्।
निजी क्षेत्रको आवाजलाई संघ, प्रदेश र स्थानीय सरकारसम्म सशक्त रूपमा पु¥याउन र उद्योगी–व्यवसायीको हकहित तथा व्यवसायिक सुरक्षालाई प्राथमिकता दिने र संघको संस्थागत भूमिका थप प्रभावकारी बनाउने योजनाका साथ आफ्नो उम्मेदवारी दिएको कर्माचाय बताउछन् ।

https://www.youtube.com/@lalitkhabar

उनले संघको इतिहास मै पहिलो पटक संघको रजतजयन्ती लोगो अंकित सिक्का निष्कासन, जावलाखेलमा संघको लोगो अंकित रजतजयन्ती स्तम्भ स्थापना तथा छात्रवृत्ति कोषलाई करिब रु। ३ लाख ५० हजारबाट बढाएर करिब रु। २७ लाख पु¥याउने एवं वस्तुगत संघको संस्थागत विकासका लागि संघबाट सहयोग बजेट बद्धिमा भूमिका खेलेका थिए।
उनले बिनाशकारी भुकम्प लगायत कोभिडको समयमा पनि संघका सदस्यहरूलगायत अन्य पीडितहरुलाई आफै प्रत्यक्ष रूपमा संलग्न भै राहत एवं पुनस्र्थापनाका कार्यहरूमा सक्रिय भूमिका निर्बाह खेलेका थिए ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  १२ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।