ललितखबर
युनेस्कोद्वारा ललितपुरलाई ‘संगीतको श्रृजनात्मक शहर’को मान्यता दिएको छ । महानगरले दिएको निवेदनका आधारमा श्रृजनात्मक शहरको सदस्यता दिइएको आज आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको छ ।
युनेस्कोले हस्तकला तथा लोककला, चलचित्र,संगीत,साहित्य, डिजाइन,खानपान, मिडिया कला र वास्तुकलामा सदस्यता दिने गरेको छ ।
हालसम्म संसारका करिव १ सय देशहरुमा ४ सय ८ वटा शहरहरुलाई युनेस्कोले सदस्यता प्रदान गरेको कार्यक्रममा जानकारी दिइएको छ ।
महानगरका मेयर चिरिवावु महर्जनले शहरमा रहेको मौलिक संगीत र श्रृजनालाई बढवा दिइने कार्यक्रम अघि बढाउने योजना सुनाए । पाटनमा विभिन्न भजनमञ्डली, लोकवाजा र नृत्य रहेको जानकारी दिदै यस्ता मौलिक संगीत र कलालाई संरक्षणमा बल पुग्ने बताए ।
महानगरले सम्बद्ध पक्षसंग छलफल गरेर आम्दानीको बाटो पहिल्याउने, विद्यालयमा संगीत शिक्षकको व्यवस्थ ागर्ने र विद्यार्थीलाई छात्रबृत्ती दिने, बाजागाजाहरुको अभिनेख राख्ने र संगीत प्रवद्धनका लागि विभिन्न योजना अघि बढाउने भएको छ ।








प्रतिक्रिया