२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नवगठीत माओवादीमा ललितपुरका विभिन्न नेताहरु ध्रुविकृत



चापागाँउ

नवगठीत माओवादीमा ललितपुरका विभिन्न नेताहरु ध्रुविकृत भएका छन् ।
माओवादीमा पाका नेता प्रेम महर्जन(हरिसिद्धी), नेता अष्टराज बज्राचार्य(पाटन), एमालेका नेता. दिपक केसी र युवा नेता मोती लामा नेकपा(माओवादी)मा ध्रुवीकृत भएका  हुन् ।

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी पछिल्लो समय पुर्नगठनपछि ललितपुरमा समेत नेताहरु ध्रुविकृत भएका हुन् । नवगठीत माओवादीमा जिल्ला महासचिव ललित सि र जिल्ला ईन्चार्ज विपिन सि रहेका छन् । पार्टी महासचिव प्रणालीमा सञ्चालित छन् ।

नेताहरु ध्रुवकृत सँगै पार्टीको पार्टीको पाचौं आवधिक योजनाको पहिलो विशेष बैठक सम्पन्न गर्दै विभिन्न निर्णय समेत गरेको छ । बिद्रोहपछि उत्पन्न नयाँ, विशिष्ट, संवेदनशील एवम् संक्रमणकालीन परिस्थितिलाई क्रान्तिकारी रुपान्तरण तर्फ अगाडि बढाउने लक्ष्य र योजनासहित नवीकृत नेकपा(माओवादी)

बैठकले राजनीतिक व्यक्तित्वहरुलाई ध्रुवीकृत एवंम् सहकार्यमा आउन अपिल गरेको छ ।
बैठकले राजनितीक संकटको जनपक्षीय समाधानको लागि सर्वपक्षीय अन्तरिम सरकारको गठन, संविधान पुनर्लेखन, राज्यको पुनर्संरचनासहित नेपाली विशेषताको समाजवाद स्थापनाको पक्षमा तथा राष्ट्रिय स्वाधीनतामाथिको डरलाग्दो खतरा, नवयुवा विद्रोहको माग र भावना विपरितको जारी षडयन्त्र, आइएनजिओका भ्रष्टाचार, बेथिति विरुद्ध जनसंघर्ष गर्ने कार्यनीति लिएको छ ।
बैठकले पुस र माघ २ महिना पालिका÷वडा स्तरमा राजनितीक जागरण अभियान संचालन गर्ने निर्णय गरेको छ । माओवादीले जिल्लामा समाजवादी जेन जी संयन्त्र निर्माण गर्ने समेत भएको छ ।

साथै बैठकले जिल्लामा माओ दिवसलाई संघर्षमय ढङ्गले मनाउने, स्थानिय जनसरोकारका विषयहरु÷बेथिति विरुद्ध जनसङ्घर्ष उठाउने, सहकारी र सामाजिक क्षेत्रका समस्याहरुलाई निरुपण एवम् सहजीकरण गर्न जिल्ला स्तरमा “सहकारी तथा सामाजिक सरोकार विभाग“ गठन गर्ने योजना अघि सारेको छ ।
मओवादीले दिवङ्गत क. हरि बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान निर्माण गर्ने, पार्टीले जिल्ला स्तरमा उत्पादन तथा उद्यमशीलता अभियानलाई अघि बनाउने र आगामी चुनावलाई विभिन्न एजेन्डासहित आक्रमक ढंगले प्रयोग गर्ने निर्णयहरु गरेको छ ।

 

 

प्रकाशित मिति : २२ मंसिर २०८२, आइतबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।