लपु संवाददाता चैत्र २२ ०७५,ललितपुर । ललितपुर कोन्ञ्जोसोम गाँउपालिकामा कोन्ज्योमको प्रतिक निर्माण हुने भएको छ । ललितपुरकी प्रदेश सासंद लालकुकमारी पुनले शुक्रबार भारदेउको फुलवारी डाँडामा प्रतिकको शिलन्यास गरेकी छिन् । बुद्ध,पद्मसमाथ र चेङ्गरेसेकलाई कोञ्ज्योसोमले पुकारिन्छ । कोञ्ज्योसोमको अर्थ भगवान् बुद्धका त्रिमूर्ति भन्ने बुझिन्छ । उद्घाटन कार्यक्रममा कोन्ज्योसोम गाँउपालिकाका प्रमुख गोपि लाल सिङ्तान ,उपप्रमुख मिङ्गमा लामा,…