भक्तपुर १४ पुस । भक्तपुर आउने स्वदेशी तथा विदेशी पर्यटकलाई ऐतिहासिक सम्पदा बाहाः बहीहरुको जानकारी दिने उद्देश्यले सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजनामा ‘बाहाः बही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने नाराका आज पाँचतले मन्दिर क्षेत्र टौमढीमा नगरप्रमुख सुनिल प्रजापतिले पदयात्राको उद्घाटन गरे । भक्तपुरका कतिपय सम्पदामा अझै पर्यटक पुग्न नसकेका कारण…