काठमाडौँ नियमित गस्तीमा रहेको प्रहरी टोलीले ललितपुरको थसिखेल, बालाजु र विमानस्थललायत स्थानबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका ५ थसीखेलबाट दुई जनालाई खैरो हेरोइन, डिजिटल तराजु, नगद रु आठ हजार तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१६ बालाजु चोकबाट ६४० मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय सुदिप कालेकोटेलाई…