२ कार्तिक ०७७, भक्तपुर ः प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोरोना सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको सङ्क्रमणको दर अत्यधिक बढिरहेकाले सार्वजनिक…