काठमाडौं । काठमाडौं महानगरपालिका–५ धन गणेश मार्गस्थित सार्वजनिक जमिनमा अवैध रूपमा निर्माण गरिएको टहरा वडाको रोहबरमा हटाइिएको छ। वडाका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरिइरहेको जानकारी आएपछि स्थल निरीक्षण गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै टहरा भत्काउने काम गरिएको हो।