लपु संवाददाता २७ असार ०७६, बज्रवाराही । गोदावरी नगरपालिकामा २०७५÷०७६ आर्थिक वर्षमा धेरै कर तिर्ने गोदावरी फरेष्ट होटललाई सम्मान गरेकोे छ । गोदावरी नगरपालिकाको तेर्सो नगरसभाबाट पारित बजेट सार्वजनिक कार्यक्रममा नगरपालिकाका मेयर गजेन्द महर्जनले होटलका सञ्चालक राजेन्द्र भण्डारीलाई सम्मान पत्रसहित प्रमाणपत्र हस्तान्तरण गरे । होटलले नगरपालिकालाई १० लाख ९५ हजार कर तिरेको भण्डारीले जानकारी दिए…