९ पुस ०७६, बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ र ५ को सिमानामा रहेको आइतबारे उद्यान परिसरमा तामाङ सङ्ग्रहालय बन्ने भएको छ । नगरपालिकाको उच्च भागमा रहेको करीब तीन सय रोपनी क्षेत्रफलमा सङ्ग्रहालय बन्ने नगर प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिनुभयो । “उक्त सङ्ग्रहालय नगरकै मुख्य आकर्षणका रुपमा रहने छ ”, प्रमुख खरेलले भन्नुभयो ।…