ललितपुर खबर
ललितपुर
३ फागुन २०७५
ललितपुर प्युटारस्थित वागमती किनार नजिकै एककृत बस्ती निर्माण हुने भएको छ । प्रदेश सासंद चेतनाथ सञ्जेल,गाँउपालिकाका प्रमुख बीर बहादुर लोप्चन, भौतिक पुर्वाधार मन्त्रालयका कर्मचारी सहितको टोलीले शुक्रबार विहान जग्गा निरिक्षणपछि बस्ती निर्माण प्रकृया अघि बढेको हो ।
बस्ती विस्तारका लागि प्रदेश सरकारले ५० लाख बजेट विनयोजन गरेको छ ।
निरिक्षणको क्रममा काम अघि बढाउने निर्णय भएको छ । स्थानीय सन्तोष लोप्चनले भने ‘अव डिपिआर निर्माणको काम हुनेछ ।’
छरिएर रहेका बस्तीलाई एककृत गरी बस्ती बिस्तार गर्ने नेपाल सरकारको नीति अनुरुप यो बस्ती विस्तार हुन लागेको हो ।
तस्विर ः सन्तोष लोप्चन
प्रतिक्रिया