४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


सगरमाथा चढ्न कल्पनालाई महानगरको ३० लाख


१४ फाल्गुन २०७५, मंगलबार  

0
Shares

ललितपुर खबर
पुल्चोक ललितपुर
१४ फागुन २०७५

एक बर्षअघि सगरमाथाको सफल आरोहण गरिसकेकी ललितपुर ठेचोकी स्थानीय कल्पना महर्जनलाई ललितपुर महानगरले फेरि सगरमाथाा आाारोहणका लागि आर्थिक सहयोग गर्ने भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमका बीच एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रालि र ललितपुर महानगरबीच रु ३० लाख आर्थिक सहयोग उपलव्ध गराउने सहमतीमा हस्ताक्षर भएको हो । महानगरको तर्फबट मेयर चिरिबाबु महर्जन र कल्पनाको तर्फबााट सगरमाथा आरोहणको बस्दोवस्त गर्ने संस्था एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रालिका आध्यक्ष रविन्द्र महर्जनले सहमती पत्रमा हस्ताक्षर गरे ।
कल्पनाले १ वर्षअघि नेपालतर्फको दक्षिणी मोहडाबाट सगरमाथाको आरोहण गरिसकेकी छिन् । अव उनी सगरमाथाको उत्तरतर्फ चीनको भुभागबाट सगरमाथा चढ्नेछिन् । तुलनात्मक रुपमा उत्तरी मोहडा सगरमाथा चढ्न कठीन मानिन्छ ।
कल्पनाले महानगरको नाम र लोगो भएको झण्डा र वाङ्गमय सताव्दी पुरुष सत्यमोहन जोशीको तस्विर सगरमाथामा फहराउने छिन् । सहमती पत्रका उल्येख भए अनुसार सो को प्रमाणस्वरुप उनले तस्विर महानगरलाई उपलव्ध गराइनु पर्नेछ । महानगरपालिकाले जारी गरेको विज्ञप्ती अनुसार उनी वाङ्गमय सताव्दी पुरुष सत्यमोहन जोशीको जन्म शताव्दीको अवसर पारेर सगरमाथा चढ्न लागेकी हुन् ।
सगरमाथाको सफल आरोहणपछि कल्पनालाई महानगरको सद्भावना दुतको रुपमा विभिन्न कार्यक्रममा सहभागी गराइने योजना छ । कल्पनाको सफल सगरमाथा आरोहणको शुभकामना दिन मयर महर्जन, उपमेयर गिता सत्याल,प्रमुख प्रशासकीय अधिकृत पमप्रसाद भट्टराई र विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिती थियो ।
कल्पना पेशाले पत्रकार पनि हुन् ।

तस्विर ः टुरिजम मेल

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ९ : २८ बजे