लपु संवाददाता
धापाखेल ललितपुर
०७५ फागुन २५
ललितपुर धापाखेलमा रहेको रमणिमय नागदह आतरिक पर्यटकको लाागि एउटा आर्कशक गन्तव्यको रुपमा विकाश भइरहेको छ । नागदहमा फिसिङ्गको शाौख हुनेहरु बल्छी हानेर दिन कटाउछन् । छुट्टी मनाउन जानेहरु ढुंगा चढेर आनन्द लिन्छन् । यहाका क्याफेको बगैचाबाट नगदहको शित्तल हावा खाएर दिन कटाउन मज्जा हुन्छ ।
नगदहमा हरेक नागपञ्चमी र ऋषि पञ्चमीको दिन हिन्दु महिलाहरुको भिड लाग्छ । पोखरी किनारमा रहेको नागको मूर्तिमा दूध चढाउने र पूजा गर्ने चलन छ ।
२०२१ साल सम्ममै अझै ठूलो थियो । यसपछि ५२ रोपनीबााट नागदह ४२ रोपनीमा खुम्चियो । नागदह सरोवर वरपर बनेका नयाँ पोखरी र जलकुम्बी झारका कारण झन् सानो भइरहेको छ ।
मञ्जुश्रीले काठमाडौं उपत्यकाको पानी चोभारबाट पहाड काटेर फ्याक्दा नागदह र टौदह बनेको जननश्रृति छ । त्यसताका यस तलाउमा रहेका नागहरु यी दुई वटै सरोवरमा आएर बसेको विस्वास गरिन्छ । नागदह वर्षे भेलले पुरिदै गएको भन्दै स्थनीयहरुको चिन्ता व्यक्त गर्छन् ।
हेरौं विभिन्न समयमा खिचिएका नागदहका तस्विरहरु ः
प्रतिक्रिया