८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा वैशाख महिनामै वृक्षारोपण


९ बैशाख २०७६, सोमबार  

0
Shares

लपु संवाददाता
९ बैशाख ०७६, ललितपुर । सोमबार वैशाख महिनाको सुख्खा याममा हरियाली बचाउने र बढाउने भन्दै ललितपुर महानगरपालिकाले पुल्चोक र कुपण्डोल बागमती किनारामा बृक्षारोपण गरेको छ । अक्सर बैशाख जेठ महिना सुख्खा हुने हुँदा रोपिएको रुख बाच्दैनन् ।
विश्व पृथ्वी दिवसको अवसर पारेर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्यालले कपुरको वोट रोपेर बृक्षारोणको सुरुवात गरे । कुपण्डोल वागमती किनारामा पुगेर १०० वटा कपुरको विरुवा रोपेका छन् ।
बृक्षारोपणको लागि आवश्यक कपुरको वोट एभरेष्ट बैकले उपलब्ध गराएको हो । बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरुवा उपलब्ध गराएको एभरेष्ट बैकका मार्के्टिङ मेनेजर पुष्पराज उप्रेतीले वताए ।
ललितपुर महानगरपालिकाले सडक पेटी हरियाली कार्यक्रमलाई वढवा दिन विभिन्न संघसंस्थाहरुसंग सहकार्य र समन्वय गर्दै आइरहेको छ । सडक पेटीमा रोपिएका विरुवाहरुको संरक्षणका लागि प्रगतिशील धारा सुधार समिति वातावरण संस्था महाराजगञ्जले व्यवस्थापन गर्नेछ ।


यो कार्यक्रम अन्तर्गत पहिलो चरणमा कुपण्डोलदेखि पाटन अस्पतालसम्म सडकको दुवैतर्फको पेटीमा बृक्षारोपण गरिने प्रगतिशील धारा सुधार समिति वातावरण संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले वताए ।
बृक्षारोप पछि प्रतिक्रिया दिंदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने, ‘ ललितपुर महानगरपालिका क्षेत्रलाई क्लीन एण्ड ग्रीन बनाउने अभियान अन्तर्गत बृक्षारोपण गरिएको हो।’ मेयर महर्जनले यो कार्यले निरन्तरता पाउने वताए।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १० : ५६ बजे