८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


फेरि ललितपुरमा विद्युत् अवरुद्ध


३० असार २०७६, सोमबार  

0
Shares

लपु संवददाता
३० असार ०७६, चापागाँउ । सोमबार विहानदेखि मध्य तथा दक्षिण ललितपुर क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । आइतबार रातीदेखि वर्षा भएको र मध्यरातमै विद्युत अवरुद्ध भएको हो ।
विद्युत प्रधिकरण ठेचो शाखामा बुझन खोज्दा कार्यालयका कर्मचारीले विद्युत् अवरुद्ध भएको विषयम अनविज्ञता व्यक्त गरे । केही समयपछि फेरि सम्पर्क हुँदा चापागाँउ र टिकाभैरवको बिचमा रहेको सल्ला डाँडामा पोल ढलेको कार्यालयका सुरक्षाकर्मीले जानकारी दिए ।
ललितपुरमा जुनसुकै ठाँउमा विद्युत समस्य आए पनि बत्ती जाने हुँदा स्थानीयबासी हैरान छन् । केही समयअघिसम्म एक ठाँउमा विद्युत् अवरुद्ध हुँदा त्यस क्षेत्रमा रहेको ट्रान्समिटर मात्रै बन्द गरिने गरेको विद्युत् प्राधिकरणका कर्मचारी वताउछन् ।
हरेक दिन पटक पटक विद्युत अवरुद्ध हुँदा यस क्षेत्रका कार्यालय, कल कारखाना र आवास क्षेत्रमा समस्या भइरहेको छ । विद्युत् कार्यालयले समयमै कर्मचारी फिल्डमा नखटाउदा विद्युत् अपूर्ति हुन ढिला हुने गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ८ : ५२ बजे