८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेविसंघ गीत गाउदै, चन्दा उठाउदै


१ श्रावण २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
१ श्रावण ०७६, मंगलबजार । नेपाल विद्यार्थी संघले पाटन दरवार स्क्वायरमा कन्सर्टसहित चन्दा संकलन शुरु गरेको छ । गतहप्ता देशभर बाढीले क्षति पु¥याएको तराईका जिल्लाहरुमा राहत बाड्न चन्दा संकलन गरिएको ललितपुर वालकुमारीस्थित एनसिटिआइ कलेजका इकाई सभापति सरोज थापाकाले वताए ।
मंगलबार दिनभर पाटन दरवारपरिसरमा साँगेतिक कार्यक्रम आयोजना गरि चन्दा संकलन गरिएको थियो ।
वैशाख २८ गतेबाट शुरु चन्दा संकलनको क्रममा जिन्सी सामानहरु पनि उठाइएको थापाले वताए । उनले भने, ‘हामीले पुराना कपडा, पानी र प्राथमिक उपचारका सरसामान पनि उठाएका छौं । कजेजका धेरै विद्यार्थीहरुले सामानहरु किनेरै दिएका छन् ।’ संकलित चन्दा र जिन्सी राहतका सामाग्री विहीबार रौतहट पठाउन लागिएको हो ।
नेविसंघको केन्द्रिय समिती भंग गरिएको भए पनि पुर्वपदाधिकारीहरुको आग्रहमा चन्दा संकलन भइरहेको पाटन दरवार क्षेत्रमा भेटिएको एक विद्यार्थीले बताए ।
दैनिक जसो चन्दा संकलनको क्रममा ३० देखि ५० हजार आफ्नो टोलिले उठाइरहेको उनले वताए । उनका अनुसार विभिन्न कजेजका विद्यार्थीहरुले चन्दा संकलन गरिरहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १० : ०० बजे