८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सप्तपाताल पोखरीमा फोहोरै फोहोर


१५ श्रावण २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
१५ साउन ०७६, लगनखेल । ललितपुरको लगनखेलस्थित अशोक स्तुपनजिक रहेको सप्तपाताल पोखरीपरिसरमा अहिले फोहोरको डंगुर देखिन्छ । चारैतिर झारले उम्रेर ढाकिएको छ । ऐतिहासिक पोखरीस्थलमा फोहोरै फोहोर देख्दा जो कसैको मन कटक्क खान्छ ।
याँहा सवोच्च अदातलको फैसला अनुसार सप्तपाताल पोखरीलाई पुरानै स्वरुपमा निर्माण गर्ने पक्षमा फैसला भइसक्यो । तर पोखरी परिसर उस्तै फोहोर छ ।


स्थानीय अभियान्ता सर्बोच्चको फैसलाको पूर्णपाठ कुरेर बसेका छन् । नगरपालिकाले भने पोखरी संरक्षणको लागि योजना बनाएकै छैन ।
ललितपुर महानगरपालिकाकी सम्पदा संस्कृती तथा पुरातत्व संरक्षण केन्द्र शाखा प्रमुख निरुचन्द शाक्य अनुसार नयाँ आर्थिक बर्ष भर्खरै शुरु भएको कारण नयाँ योजना शुरु भई नसकेको छैन ।
स्थानीय अजय लामा पानी दिवसमा यहाँ फोहोर सफा गरेको वताउछन् । उनका अनुसार बेला बेलामा यहाँ सरसफाई गरिउको छ । तर सधै फोहोर फ्याक्ने हुनाले सफा गरेर साध्य लागेको छैन । उनी भन्छन्, ‘२४सै घण्टा यहाँ बसेर हेर्न सकिन्न । नदेखेको समयमा फोहोर ल्याएर यहाँ फ्याक्छन् ।’

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : ४२ बजे