११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको शंखुमा बम विस्पोटन


१६ श्रावण २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
१६ साउन ०७६,शंखु । दक्षिण ललितपुरको शंखुस्थित भुमेथुम्कामा रहेको एनसेल टावरमा बुधबार राती बम विष्फोट भएको छ । रातको ११ बजेर ३० मिनेट बम विस्पोट भएको र आगलागी समेत भएको कोञ्ज्योसोम २ का वडाध्यक्ष ध्रुवप्रसाद घिमिरेले बताए ।

भैरवगण देविडाँडा लेलेका सह सेनानी आकाश बस्नेतका अनुसार त्रिभुवन विमानस्थलबाट गएको बम डिस्पोजल टोलीले टावर नजिकै भेटिएको प्रेसर कुकर बम डिस्पोज गरेर फर्केको छ । बस्नेतले भने, ‘टावरको तारहरु जलेको छ । तर टावर भने ढलेको छैन ।’ बस्नेतले बम नपड्की आगो मात्रै लागेको जानकारी दिए ।
नेपाल आर्मीको बम डिस्पोजल टोलीका सहसेनानी बासुदेव पंगेनीको नेतृत्वमा पुगेको टीमले बम निश्क्रिय पारेर फर्केको छ ।
विहान ४ बजे पुगेको टोली पुगेको थियो ।बम विस्पोटनबाट टावरमा क्षति पुगेपछि दक्षिण ललितपुरमा टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय रमेश घिमिरेले बताए । उनले भने, ‘हिजोसम्म मोवाइल चलेको थियो । विहानबाट टावर नै देखाएको छैन ।’
बुधबार नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल बन्दको घोषणा हुँदा उसैले बम विस्पोट गरेको प्रहरीको आशंका छ । पछिटल्लो समय विप्लव समुहले देशभरका एनसेलोको टावरमा बम विस्पोट गराइरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार  ८ : २३ बजे