लपु संवाददाता
२६ साउन ०७६, ललितपुर । ललिापुर जावलाखेल भनिमण्डल सडकपेटीमा व्यापारीले पसल राखेपछि वटुवालाई हिड्न अप्ठ्रो भएको छ । सडक पेटीबाट हिड्ने बटुवा सडकबाट हिडेपछि दुर्घटनाको जोखिम बढेको हो ।
केही दिन अघिसम्म यहाँ थोरै फुटपाथ व्यापार गर्ने व्यापारी दिए । नगरपवालिकाले वाल संगठन अगाडिको जग्गा मिचेर पसल राखेको भन्दै डोजर लगाएपछि कति पय त्याहाका व्यापारी पछि सडककै पसल राख्न आएको एक स्थानीयले बताए ।
यहाँ नगरप्रहरीले पटक पटक हटाउने गरेको छ । आज हटायो भने भोलि सडक सुनसान हुन्छ । एक दुर्इं दिनपछि विस्तारै फुटपाथ पसल राख्ने क्रम शुरु हुन्छ ।
‘फुटपाथ पसलमा भीड हुँदा पैदल यात्री सडकबाटै हिड्छन् । अनि ट्राफिक जाम बढ्ने गर्छ ।’ एक ट्राफिक प्रहरीले भने ।
प्रतिक्रिया