८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बज्रवाराहीमा बाँदरको विगविगी


३० श्रावण २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
३० साउन ०७६, बज्रवाराही । बज्रवाराही जंगलमा बाँदरको बथान बस्न थालेपछि वरपरका दर्शन गर्न जाने दर्शनार्थीलाई असर पर्न थालेको छ ।
यी बाँदरले बज्रवाराही मन्दिरमा जाने भक्तजनहरुको प्रसाद खोस्ने, वरपरका फुटपाथ पसलमा पसेर सामान चोर्ने गर्छन् । बज्रवारही जंगल छेउ पसल राखेकी तिर्थकुमारी घिमिरेले पसलमा लामो लौरो राखेर धपाउने गरेको वताउछिन् । उनका अनुसार बाँदरले मौका छोपेर कुन बेला सामान लैजान्छ पत्तो हुदैन ।


हरेक विहान बज्रवाराहीको मन्दिरमा पूजा गरेर फर्कनेको प्रसाद खोसेर लैजाने गरेको छ । बाँदरले घुम्न आउने आगन्तुकको खाजा चोर्ने गरेको छ ।
बस्तीको बीचमा रहेको बज्रवाराही वरपरका घरमा बाँदर पस्दा बज्रवाराहीबासी हैरान भएको स्थानीय प्रकाश महर्जन बताउछन् । बादरले बारीको मकै फलफुल टिपेर खाने गरेको छ भने वार्दली कौशीमा राखेको जुनकुनै खानेकुरा चोर्ने गरेको छ ।


बस्तीमा बाँदर पस्दा धपाउन खोज्ने वालवालिकाहरुलाई चिथोर्ने र बाँदरको हुलले आक्रमण गर्ने खतरा रहेको महर्जन बताउछन् । भन्छन्, ‘एउटा बाँदरलाई धपाउन खोज्यो भने बाँदरको हुल उठेर आउछन् ।’
स्थानीयका अनुसार केही समय अघि २ वटा मात्रै बाँदर पछि थिए । अहिले ४०÷५० वटा भैसकेको स्थानीय कपिल देशारले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ८ : ३१ बजे