ललितपुरखबर फोटोग्राफी
२८ भदौ ०७६, ललितपुर । कंक्रिट जंगलको उकुसमुकुस राजधानी काठमाडौं । धुलो, धुँवा, भिडभाड ट्राफिक जाम । यो अत्यासलाग्दो जीन्दगीबाट सन्तोषको सास फर्न काठमाडौं वरपरका काँठ क्षेत्र घुम्न जानुस् ।
राजधानीका फाँटहरुमा आजकल हरियाली छाएको छ । बेशीतिर पहेला धानका बाला झुल्न थाले भने पहाडका स–साना खेतका सुर्कामा धान हरियाली छाएको छ ।
यस बर्ष मनसुन असोजसम्म काय हुँदा राजधानी थप हरियाली भएको हो । निरन्तरको वर्षापछि मौसम पनि खुलेको छ । तुवालो हटेको छ । त्यसैले त वरपरका गाँउ बस्ती देख्न सकिन्छ ।
प्रतिक्रिया