१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जावलाखेलको दशैं पसलमा सास्ती, छैन झोला


२९ भाद्र २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
२९ भदौं ०७६, जावलाखेल
सरकारले शुरु गरेको दशैं पसलमा झोला नहुँदा उपभोक्ताले सास्ती खेप्नु परिरहेको छ । गतसोमबार भदौ २३ गतेबाट जावलाखेल चोकस्थित वडा कार्यानजिकै खोखिएको दशैं पसलमा सामान किन्न आउने उपभोक्ताले घरैबाट झोला बोकेर आउनु पर्ने अनौठो नियम लगाइएको छ ।
नेश्नल टे«डिङ्गको स्टलमा बसेकी एक कर्मचारीले नाम नबताउने शर्तमा भनिन्,‘साल्ट ट्रेडिङ्गले ४÷५ बर्षअघिदेखि सामान बेच्दा झोला दिदैन । सामान किन्ने उपभोक्ताले नै घरबाट ल्याउनु पर्छं ।’
दशै पसलमा सामान किन्न आएकी एक गृहणीले साल्ट ट्रेडिङ्गको अनौठो नियम सुनेर दशैं पसलमा उपभोक्तालाई सास्ती दिईरहेको गुनासो पोखिन् । उनले प्रतिप्रश्न गरिन्,‘भात खान दिन्छु भन्ने भर थाल घरैबाट लिएर आइज भन्ने हुन्छ र ?


जावलाखेल चोकमा वरपर झोला किन्ने पसल पनि छैन ।
साल्ट टे«ड्रिङ्गको यो नियमले कर्मचारीलाई नै सामान बेच्न सास्ती भइरहेका देख्न सकिन्थ्यो । उपभोक्तालाई सामान दिन कतिपय कर्मचारी पुराना प्लाष्टिक खोज्दै हैरान थिए ।
सामान्यतया सरकारी दशैं बजारमा बजारको भन्दा कम मूल्य हुने गरेको छ । तर बजारमा सामान किन्न आएका उपभोक्ता सामान किनिसकेपछि झोला नपाउदा कतिपय उपभोक्तँ किनेको सामान नै फिर्ता गरेर फर्केको देख्न सकिन्छ ।
दशैं छेको पारेर व्यापारीहरुले उपभोग्य बस्तुको मूल्य बढाइरहेको सन्दर्भमा सरकारले सधै यस्ता पसल खोलेर उपभोक्ताहरुलाई सुविधा दिएको प्रचार गर्ने चलन छ ।
सरकारी दशै पसलमा नेश्नल ट्रेडिङ्ग खाद्य, संस्थान, डिडिसिलगायतको सहभागिता छ ।
यहाँ अन्य ठाँउ भन्दना सामान भने ज्यादै सास्तो पाइन्छ । नून १८ रुपैया पाकेटमा पाइन्छ । चिनी ७२ रुपैया मात्रै पर्छ । तर प्रति उपभोक्ता नून ५ पाकेट र चिनी ६ केजी मात्रै किन्न पाइन्छ । थप सामान किन्न भोलिपल्ट जानु पर्छ । मुसुरोको दाल ८५ रुपैयाँ, घरेल्ु तेल १९५, सनफ्लायवर तेल, १४८ रुपैयाँमा पाइन्छ ।
रुपैयाँ सरकारको व्यापार गर्ने संस्था नेश्नल ट्रडिङ्गले भदौं २३ गते सोमबारदेखि ललितपुरको जावलाखेलमा दशैं बजार शुरु गरेको हो । यहाँ दशैंलगायत चाडपर्वको अवसर पारेर उपभोक्ताहरुलाई सुविधा दिनका लागि यो बजार खोलिएको बताइएको छ । कमचारीहरुका अनुसार दशैं बजार दशैं,तिहार र छठ पर्व सकिएपछि कार्तिक १७ गतेबाट बन्द हुनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ०८ बजे