९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन दरवार हेर्न विदेशी मेयरहरुको लर्को


२९ भाद्र २०७६, आइतबार  

0
Shares

पाटन दरवार परिसरमा विभिन्न देशबाट आएका मेयरहरु ।

लपु संवाददाता
२९ भदौं ०७६, पाटन । इन्द्रजात्रा हेर्न नेपाल आएका विदेशी मेयरले आइतबार पाटन दरबार अवलोकन गरेका छन् ।
भारत,चीन र भुटानको विभिन्न सहरबाट नेपाल आएका मेयरहरुलाई ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायतले स्वागत गरे ।
पाहुना मेयरहरुले सुन्दरी चोक, भण्डारखाल बगैंचाका कला कौशल अभिरुचिपूर्वक हेरेका थिए । पाटन दरबार क्षेत्रमा स्थानीय व्यापारीको आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेको भीमसेन मन्दिरको ऐतिहासिक, पुरातात्विक महत्वलाई ध्यानपूर्वक सुने । चार नारायण, भाइदेगः मन्दिरको पुनर्निर्माणका बारेमा पनि उनीहरुलाई जानकारी दिइएको थियो ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदा र कला कौशल हेर्न विभिन्न देशबाट आएका मेयरलाई धन्यवाद दिदैं भ्रमण वर्ष २०२० को लागि समेत निम्तो दिए । उनले भने, ‘एक पटक आएर पुग्दैन, फेरि फेरि पनि आउनुस् ।’
मेयर महर्जनले पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको जानकारी दिदै छिट्टै पाटन दरबार क्षेत्रमा पुनर्निर्माणको काम सकिने बताए ।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक र पुरातात्विक महत्व बुझाउन विदेशी मेयरलाई निम्ता दिएको बताए ।
उत्तर दिल्लीका मेयर अभतार सिंहले ललितपुरमा रहेका कलात्मक मन्दिर र सम्पदाले आफू आकर्षित भएको बताए । भुटानको थिप्पु सहरका मेयर किन्ले डोर्जेले ललितपुरमा रहेका धेरै ऐतिहासिक र पुरातात्विक मन्दिरको संरक्षण राम्रोसँग भएको भन्दै त्यसको प्रसंशा गरे ।
कार्यक्रममा महानगरका सम्पदा सल्लाहकार डा रोहित रंजितकारले विदेशी पाहुनालाई पाटन दरबार क्षेत्रमा भएका पुरातात्विक महत्वका सम्पदाहरुको बारेमा जानकारी गराउका थिए ।
काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा हेर्नका लागि भारत, चीन, बंगलादेश, भुटानका मेयरलाई निम्तो दिएका थियो । निम्तो मान्नका लागि ४५ सदस्यीय प्रतिनिधि मण्डल नेपाल आएका

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : ३० बजे